मकवानपुरमा शैक्षिक सहयोग अक्षय कोषको स्थापनार्थ समिति गठन

हेटौंडा । मकवानपुरका अभिभावक बिहिन तथा बिपन्न तथा सिमान्तकृत बालबालिकाका लागि शैक्षिक सहयोग अक्षय कोषको स्थापनार्थ समिति गठन गरिएको छ । मंगलबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले प्रमुख खुलालकै संयोजकत्वमा ९ सदस्यीय अक्षय कोष स्थापनार्थ समिति गठन गरिएको हो ।
समितिमा जिल्लाका शिक्षक, कर्मचारी, नागरिक समाजका प्रतिनिधी, सञ्चारकर्मी, अधिबक्ता, व्यवासायी लगायतका व्यक्तिहरुलार्ई समेटिएको छ । यसअघि शैक्षिक तथा अन्य सँघ सँस्थाहरुले प्रदान गर्दे आएका छात्रवृत्ति कार्यक्रमले अभिभावक बिहिन बालबालिकालाई र बिपन्न बालबालिकालाई समेट्न नसकिएको भन्दै जिल्ला स्तरको कोष खडा गरिने भएको हो ।
साधारण सदस्य, सँस्थापक सदस्य, आजीवन सदस्य र बिशिष्ट सदस्य हुने व्यवस्था कोषको अवधारणा रहेको छ । नयाँ आर्थिक बर्षबाट कोष सञ्चालनको कार्यक्रम शुरु गरिने र अक्षयकोषमा रकम जम्मा गरि त्यसको ब्याजबाट छात्रवृत्ति तथा अन्य सहयोग प्रदान गरिने तदर्थ समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिनुभयो । बैठकमा समन्वय समितिका उपप्रमुख भगवत िपुणासैनी, यस अभियानका अभियानता बद्री बहादुर पाठक, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवापनुरका अध्यक्ष नवराज अर्याल, जिल्लाका विभिन्न पेशाकर्मी तथा जनप्रतिनिधी तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।