बाढी पहिरोमा परेर मृत्यु हुनेहरुको संख्या ६९ पुग्यो (अपडेट)

ही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ ।
त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३६६ जना व्यक्तिलाई उद्धार गरिएको छ । उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् । यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको मन्त्रालयले जनाएको छ ।