भारतीय क्रिकेट टिममा ठूलाे परिवर्तनकाे संकेत, विराटकाे कप्तानी खाेसिन सक्ने

जनपत्र
३१ असार २०७६, मंगलवार ०६:१६

आईसीसी विश्वकप २०१९ को सेमिफाइनलबाट आउट भएपछि भारतीय टिममा ठूलो परिवर्तन हुने संकेत देखिएको छ । अब पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई टिमबाट आउट गर्नेदेखि वर्तमान कप्तान विराट कोहलीलाई एकदिवसीय र टी–२० को कप्तानीबाट हटाउनेसम्मको चलखेल  सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीसीसीआईका अनुसार अब कोहलीलाई हटाएर रोहित शर्मालाई एकदिवसीय र टी–२० को कप्तान बनाउने र कोहलीलाई टेस्ट क्रिकेटको कप्तानमा मात्रै सीमित राख्ने तयारी गरिएको छ । अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप र २०२३ मा भारतमै हुने एकदिवसीय विश्वकपको तयारी तत्कालै सुरु गर्ने भन्दै रोहितलाई कप्तान बनाउने विषयमा बीसीसीआईमा छलफल भइरहेको छ ।

हुन त रोहितले पनि भारतीय टिमको कप्तानी गरिसकेका छन् । विराट नभएका बेला रोहितले कप्तानी गर्दै एसिया कपसमेत जिताएका थिए । अहिले कोहली टेस्ट र रोहित एकदिवसीय र टी २० को कप्तान बनेमा भारतीय टिममा २ जना कप्तानसँगै खेल्ने छन् । यो पहिलो घटना भने हुने छैन् ।  यसअघि अनिल कुम्बले टेस्ट क्रिकेटको कप्तान हुँदा  महेन्द्रसिंह धोनीले एक दिवसीय र टी २० को कप्तानी सम्हालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*