तुलसी सेवन गर्ने चार तरिका, ठिक हुन्छ चार गम्भीर बिमारी

जनपत्र
३० असार २०७६, सोमबार ०६:१७

अधिकांश नेपालीलाई तुलसीको बारे बताउनै पर्दैन । हामी सबैलाई थाहा छ, तुलसीका आयुर्वेदिक फाइदा तथा गुणहरु धेरै छन् । कतिपयले त जाडोमा चियामा पनि तुलसी राखेर बताउँछन् । तुलसी दूधसँग कसरी खाने भन्ने कुराले यसले गर्ने फाइदालाई पनि निर्धारण गर्छ । तुलसी सेवन गर्ने चार तरिकाः

कयौँ मानिसहरु माइग्रेन रोगका कारण लामो समयदेखि समस्यामा परेका हुन्छन् । यस्तो छ वा टाउको निरन्तर दुख्छ भने तुलसीको पत्तालाई दूधमा मिसाएर बेसार हालेर खानाले धेरै फाइदा पुग्छ ।

तुलसीमा एन्टि इन्फ्लेमेटरी गुण हुन्छ । यसको अर्थ हो, यसले हाम्रो शरिरमा कतै पोलिरहेको छ वा भित्र दुखिरहेको छ भने यसको सेवनले ठिक हुन्छ । त्यसैले जाडोमा यसलाई अझ उपयोगी मानिन्छ । कतिसम्म भने फ्लूहरुबाट बच्न पनि तुलसीको पत्ता दूधमा हालेर खान सकिन्छ ।

मिर्गौलामा स्टोनको समस्या देखिएको छ भने पनि तुलसीको पात दूधमा हालेर खाँदा निकै फाइदा हुन्छ । यसको नियमित सेवनले मिर्गौलामा भएको पत्थरी गल्न थाल्छ ।

तुलसीमा धेरै एन्टिबायोटिक गुण हुन्छन् । दूध पोषक तत्वहरुले भरिपूर्ण हुन्छ । दूधमा तुलसीको पात हालेर खाने हो भने क्यान्सरजस्ता गम्भीर रोगहरुबाट पनि छुटकारा पाउन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*