बाढी, पहिरोका कारण अवरुद्ध सडक खोल्न कैलाश गाउँपालिकाको अनुरोध

रिपेश दाहाल
२९ असार २०७६, आईतवार १६:४५

हेटौंडा /  मकवानपुरको कैलाश गाउँपालिकाले बाढीले कैलाशबाट बाहिर जाने सबै बाटाहरु पूर्णरुपमा अवरुद्ध गरेको भन्दै सहयोगको अपिल गरेको छ । गाउँपालिका अध्यक्ष टंक मोक्तानले केही दिन देखिको अविरल बर्षाको कारण कैलाश गाउँपालिकालाई सदरमसकाम हेटौंडासंग जोड्ने तथा अन्य गाउँपालिकाहरु संग जोड्ने बाटोहरु पूर्णरुपमा अवरुद्ध भएकोले गाउँपालिका संकटमा परेको भन्दै अवरुद्ध बाटो तत्काल सञ्चालनमा ल्याएर जनजीवन सामान्य बनाउने अभियानमा सहयोग गरिदिन प्रदेश तथा केन्द्र सरकारलाई अनुरोध गर्नुभएको छ ।

उहाँले कैलाश गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको तथा एक जना पहिरोमा परि सख्त घाईते भएको र हाल उपचारको लागी काठमान्डौ लागिएको जानकारी दिनुभयो । गाउँपालिको विभिन्न वडाका बाटो अबरुद्ध भएको छ । गाउपालिकाबाट सदरमुकाम हेटौडा जोड्ने चुनिया, नामटार, कालिकाटार, भार्ता, खैराङ सडक पुरै अबरुद्ध छ । अवरुद्ध बाटोहरु खुल्न लामो समय र खर्च धेरै लाग्ने हुदा नेपाल सरकार तथा सम्वन्धित निकायलाई सहयोगको लागि विशेष अनुरोध छ उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*