भानु जयन्तीमा मकवानपुरका साहित्यकार निखिल सम्मानित

जनपत्र
२९ असार २०७६, आईतवार १६:३०

हेटौंडा ।  आदिकवि भानुभक्त्त आचार्यको जन्मजयन्तीमा साहित्यकार तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल सम्मानित भएका छन् । २०६ औं भानु जयन्तीको अवसरमा आइतबार मकवानपुरगढी गाउपालिका ३ मा रहेको भानु माविमा आयोजित कार्यक्रममा निखिललाई सम्मान गरिएको हो ।

कार्यक्रममा निखिललाई नेपाली भाषा साहित्यको क्षेत्रमा अनवरत रुपमा पुयाएको योगदानको कदर गर्दै भानु( बासुदेव साहित्य सम्मानसहित नगद १० हजार प्रदान गरिएको थियो । मातृभूमि साहित्य समाज र बासुदेव रिजाल स्मृति प्रतिष्ठानको आयोजना तथा भानु माविको सहयोगमा सहयोगमा भएको कार्यक्रममा भानु माविमा अध्ययनरत् विद्यार्थी बीच कविता प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा १० जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगीमध्ये उत्कृष्ट चार जनालाई नगदसहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताको निर्णायकमा साहित्यकार डीबी बर्तौला र बगेकी गंगा रहेकी थिइन् । कार्यक्रम अघि विद्यालयमा रहेको भानुभक्तको प्रतिमामा माल्र्यापण गरिएको थियो । कार्यक्रममा स्रष्ठा सम्मान तथा कविता प्रतियोगिताको सहजीकरण गरेकी साहित्यकार अनिता न्यौपानेले विद्यालयलाई आफ्नो कविता संग्रह फूलको विद्रोह दुई प्रति हस्तान्तरण गरकी थिइन् ।

मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलको अध्यक्षता तथा साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सम्मानति साहित्यकार निखिलले आदीकवि भानुभक्त आचार्यको बारेमा बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, पत्रकार ध्रुव अधिकारी, अभिभावक लक्ष्मण भट्टराई, साहित्यकार डीबी बर्तौलाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो । भानु माविमा आदीकवि भानुभक्त आचार्यको प्रतिमा निर्माण भएपछि हरेक वर्षको असार २९ गते कार्यक्रमको आयोजना हुदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*