‘बालविवाह “कुनैपनी” हालतमा अन्त्य गर्नुपर्छ’

सरिता दाहाल
२९ असार २०७६, आईतवार ११:१८

हेटौंडा । बालविवाह कुनैपनीू हालतमा अन्त्य गर्नुपर्ने प्रदेश ३ को सामाजिक बिकास मन्त्रालयका मन्त्री युवराज दुलालले बताएका छन् ।बालविवाह अन्त्यको लागि स्थानीय निकाय सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने सामाजिक बिकास मन्त्री दुलालले बताए । वडातहका ५ जना सदस्यले चाहेमा बालविवाह रोक्न एक्सन लिनसक्ने मन्त्री दुलालले बताएका हुन्  ।
वडा तहको स्थानीय सरकारलाई कुन घरमा कतिकती बर्षका बालबालिका कति जना छन् भन्ने कण्ठै हुन्छ,तथ्यांक राख्नै पर्दैनू मन्त्री दुलालले भने पहिलो मोर्चामा वडाका पांच सदस्यहरुलाई राख्नुपर्छ,त्यसपछि वडा अध्यक्ष, पालिका प्रमुख, प्रदेश अनि संघीय नेतृत्व लाग्नुपर्छ । बालविवाह उन्मुलनको लागि बर्ग,समूदाय,परम्परा जस्ता कुराको पछाडी नलागी जहाँ जेसुकै चुनौती भएपनी रोक्नकै लागि लाग्नुपर्ने सामाजिक बिकास मन्त्री दुलालले बताएका हुन् । जहाँ चुनौती छ,त्यहीँ संभावना खोज्नुस बालविवाह अन्त्य संभव छू उनले भने । बालविवाह रोक्ने २ मुख्य रणनीति रहेको मन्त्री दुलालले बताए ।
विभिन्न संघसंस्थाले कामभन्दा कुरा बढी हुने गरेको भन्दै मन्त्री दुलालले भने प्रदेश सरकारले तोकेको ठाउँमा पुगेर काम गर्न गैससहरुलाई आग्रह गरे । नेपाली समाजको बिगतको अवस्था, कारण, अबको भूमिका निर्माणका लागि रणनीतिक योजना बनाउनुपर्ने मन्त्री दुलालले बताए । २० बर्षपछिमात्रै बिवाहा गर्ने राज्यको निर्णयलाई आधार बनाउनुपर्ने मन्त्री दुलालले बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ को आयोजनामा हेटौंडामा भएको बालविवाह अन्त्यका लागि बहुमपक्षिय प्रादेशिक कार्यशालामा मन्त्री दुलालले यस्तो बताएका हुन । महानगर उपमहानगर र नगरमा हुने बालविवाह अतिनै कडा रुपमा अन्त्यको लागि कानूनलाई सहायत लिएर काम गर्न मन्त्री दुलालले आग्रह गरे ।
बालविवाह नगर र सुगम क्षेत्रमा नै चुनौती भएको मकवानपुर थाहा नगरप्रमुख लबशेर बिष्टले बताए ।  धेरै ठूलो क्षेत्र भन्दा सानोसानो क्षेत्रमा बालबिवाह विरुद्ध सारभुत उपलब्धि हुनेगरी सचेतनामुलक काम गर्नुपर्ने नगरप्रमुख बिष्टले बताए ।  बाल संरक्षण बाल सिकाई जस्ता कुरामा बिशेष ध्यान दिनुपर्ने नगरप्रमुख बिष्टले बताए ।
राष्ट्रिय मानव अधिकार आयोग संरक्षण बिभाग निर्देशक मुरारी खरेलले पछिल्लो समय बालबिवाह बढ्नुमा प्रबिधि, संस्कृति, गरिबी,स्थानीय रहनसहन जस्ता स्थान अनुसार फरक फरक कारण रहेको बताए ।  स्थान बिशेषको समस्या गहिरो गरि अध्ययन गरेर समाधानको उपाय खोज्नुपर्छू खरेलले भने ूहचुवाको भरमा लगिने सचेतलगायतको कार्यक्रमले उपलब्धि दिदैन । कार्यक्रम गैसस प्रदेश ३ उपाध्यक्ष आरति पाठकले स्थानीय निकायहरूले रणनीतिक योजना बनाउनुपर्ने बताईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*