मकवानपुरको सिस्नेरी र फाखेल सडक अझै अवरुद्ध

जनपत्र
२९ असार २०७६, आईतवार ०७:५६

हेटौंडा । तीन दिन देखि अवरुद्ध बनेको हेटौंडा–काठमाण्डौं छाटो दुरीको मार्ग अझै खुल्न सकेको छैन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको फाखेल र सिस्नेरीमा पहिरो लडेका कराण सडक अवरुद्ध भएको थियो ।

सडक खुलाउनका लागि दिनहुँ काम भएपनि अझै सम्म पनि सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

इन्द्रसरोवर गाउँपालिकाको ठाउँ ठाउँमा पहिरो लडेका कारण तीन दिन देखि सडक अवरुद्ध छ । पहिरो पन्छाएर सडक आज खुलाउने भनीएपनि फेरी बिहानैबाट पानी परेकाले थप समस्या भएको उहाँले बताउनुभयो । सडक बन्द हुँदो छोटो मार्ग भएर चल्ने पाँच सय भन्दा बडी सवारीका साधन चल्न सकेका छैनन् । यता त्रिभुवनराजपथ सडकमा लडेका रुख र पहिरो पन्छाएपछी हिजोबाटनै यस सडकमा सवारीका साधन ओहोर दोहोर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*