हेटौंडामा खहरेखोलाले बगाएका एक जनाको उद्धार

जनपत्र
२९ असार २०७६, आईतवार ०७:२३

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित रहेको खहरे खोलाले बगाएका एक जनालाई प्रहरीले उद्धार गरेको छ । नामथर नखुलेको अन्दाजी ४५ का बृद्धलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको हो ।

उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछी भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटीएको टोलिले उद्दार गरेको हो । उद्धार गरिएका बृद्धलाई भरतपुर अस्पतालमा रिफर भएकोमा प्रहरी कर्मचारीको साथ लगाई थप उपचारको लागी भरतपुर अपताल पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*