राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ द्वारा हेटौंडामा बिश्वब्यापी आवधिक समिक्षा

जनपत्र
२८ असार २०७६, शनिबार १६:४१

हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले हेटौंडामा बिश्वब्यापी आवधिक समिक्षा गरेको छ । हेटौंडामा विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुको उपस्थितिमा समिक्षा गरेको हो । कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ का निर्देशक यज्ञप्रसाद अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका संरक्षण बिभाग निर्देशक मुरारी खरेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले मकवानपुर जिल्लामा मानव अधिकारको सवालमा चौतर्फी गुनासाहरु सुझावको रुपमा दिएका छन् ।
गर्भपतनको समस्या डरलाग्दो रुपमा रहेको, आरोपीलाई आरोप बकाउनको लागि यातना दिने गरेको, पीडितलाई उजुरी र जाहेरी दिने स्वतन्त्रता नभएको, बर्ग र जातको आधारमा विवाह स्वतन्त्र नहुनु, कैदिबन्दिलाई ब्यक्तिगत स्वतन्त्रता नहुनु जस्ताअ समस्या रहेको बताएका थिए ।

यसैगरी मिसावट युक्त खाद्यान्नको समस्या, रोजगारीमा विभेद, सुरक्षित आप्रवासानको समस्या, दलित तथा बिपन्न र अल्पसंख्यकहरुको लागि सीप तथा ब्यवसायिकिकरणमा समस्या रहेको र यसले मानव अधिकार पुर्णरुपमा कार्यान्वयन नभएको अवस्था जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला कानून सहायता समिती फोकल पर्सन अधिबक्ता अप्सरा बस्नेत, ओसिएमसी फोकल पर्सन बालकुमारी ढकाल, मानव अधिकार संरक्षण तथा बेचबिखन विरुद्धको जिल्ला सन्जाल अध्यक्ष आरती पाठक, जिल्लामा मानव अधिकारको क्षेत्रमा सक्रिय संघसंस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।

दलितको मानव अधिकारको सवाल अझै ठूलो समस्या रहेको दलित अधिकारकर्मी कमलकुमार बिश्वकर्माले बताए । दलितको अधिकारलाई समग्र मानव अधिकारको रुपमा लिने क्रम अझैसम्म सुरु नभएको उनले बताए । कार्यक्रम सिबिन बाल हेल्प लाईन मकवानपुरको समन्वयमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*