वर्षायाममा खोला पस्न पाइदैन, तर मकवानपुरका खोलामा ट्याक्टरका लस्कर

जनपत्र
२८ असार २०७६, शनिबार ११:२०

हेटौंडा । वर्षायामको तीन महिना खोलाबाट ढुंङ्गा, गिट्टी, बालुवा झिक्न पाइदैन । तर, मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ ज्यामिरे खोलामा बर्षाको समयमा पनि खोलाबाट ढुंङगा झिकिदै गरेको छ । आज बिहानैबाट ज्यामिरे खोलाका ठाउँ ठाउँमा ट्याक्टरले ढुंङगा ओसारी रहेका छन् ।

हिजाको बाढीले धेरै ढुंङगा निकालेकाले स्थानीय वासिन्दाका ट्याक्टरमा ढुंङ्गा राखेर ओसारी रहेका छन् । वर्षायामको तीन महिना खोलामा पस्न नपाईने जिल्ला समस्नवय समिति मकवानपुरका प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलालले बताउनुभयो । अटेर गरेर खोलामा पसेको पाइएमा कार्बाही समेत गरिने उहाँले बताउनुभयो । मकवापनुरका सबै स्थानीय तहलाई खोलामा पस्न नदिने बिषयमा जानकारी गराईसकिएको र कसैले अटेर गर्न नपाइने उहाँले बताउनुभयो ।

वर्षायामको असार, साउन र भदौ महिनामा खोलामा पस्न नपाईने कानुनी व्यावस्था छ । तर, त्यसको उलंघन गर्दै गढी गाउँपालिकाका वडानम्बर ५ का केही जनप्रतिनिधि समेतको मिलेमहतोमा खोलाबाट ढुङ्गा झिकिएको स्थानीय वासिन्दाहरुले बताएका छन् । संकलन गरिएको ढुंङ्गा निर्माण क्षेत्रका काम भईरहेका स्थानमा महगो मुल्यमा बिक्री गर्ने र गढी ५ ज्यामिरेको खाली जग्गामा थुपारेर राखिएको छ । यसैगरी असार लागेदेखिनै खोलामा पसेर ढुंङ्गा संकलन गर्ने काम हेटौंडाका खहरे खोला, रापती खोला, ज्यामिरे खोला लगायतका स्थानमा रोकिएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*