भिमफेदीमा पहिरोको जोखिम,९२ जनालाई सुरक्षित स्थानमा सारियो

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ५ को माथील्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका परिवारको उद्धार गरिएको छ । माथील्लो दमारमा घरमाथी र घरमुनीबाट पहिरो लडेपछी यहाँका १८ परिवार बिचमा परेका थिए । पहिरोले घर कतिखेर बगाउने भन्ने त्रास निकै बढेको थियो ।
पहिरोको जोखिममा रहेका १८ घरधुरिका ९२ जनालाई नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले लगातार ८ घण्टाको प्रयास पछी सुरक्षित स्थानमा सारेको छ । सेना र प्रहरीले सुरक्षित स्थानमा सार्नका लागि आग्रह गर्दा केही बृद्धबृद्धा सर्न नमानेपनि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको ससस्त्र प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक अमर खत्रीले बताउनुभयो ।
पहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारेर राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । पहिरोबाट सारिएका केही ब्यक्ति आफन्तजन हुनेहरु भिमफेदी बजार क्षेत्रमा रहेका आफन्तको घरमा बसेका छन् । अरु परिवार भने नेपाल रेडक्रस सोसाईटि उपशाखा भिमफेदीको कार्यालयमा व्यबस्थापन गरिएको प्रहरीले जनाएको छ ।