मकवानपुरका डुवान पीडितको उद्धारमा खटियो प्रहरी

हेटौंडा । मकवानपुरको बाढी, पहिरो पीडितको उद्धार गर्नका लागि आज बिहानैबाट ससस्त्र प्रहरीको टोलि खटिएको छ । बिशोगरी हेटौंडाको शान्तिनगरमा र हेटौंडा ४ कर्रामा रहेको मानव सेवा आश्रमका आश्रीतलाई ससस्त्र प्रहरीले उद्धार गरेको ससस्त्र प्रहरी बल हेटौंडाका प्रहरी नायब उपरिक्षक अमर खत्रीले जानकारी दिनुभयो ।
पुरानो भवन कर्रामा आश्रीतहरुलाई नयाँ आश्रमको भवनमा लागिएको उहाँले बताउनुभयो । ससस्त्र प्रहरीको टोलीले मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिकामा बाढी, पहिरो पीडितहरुका लागि उद्धार गरेको छ । उनीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको
डिएसपी खत्रीले जानकारी दिनुभयो । ससस्त्र प्रहरी संगै जनपथ प्रहरी, नेपाली सेनाले पनि मकवानपुरका बिभीन्न स्थानमा उद्धारको काममा खटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।