हेटौंडाका डुवान पीडितलाइ उपमहानगरपालिकाले आश्रय दिने, खान बस्नको पनि ब्यावस्था

जनपत्र
२७ असार २०७६, शुक्रबार १७:३७

हेटौंडा । हेटौंडाका बिभीन्न स्थानबाट बाढीको जोखिममा परेकाहरुको उद्धार गर्दै पीडितलाई उपमहानगरपालिकाले आश्रय दिने भएको छ । हेटौंडाको हुप्राचौरमा रहेको सभाहल, पिप्लेको बाल्ज्योती माबि, लक्ष्मी निमावी लगायतका बिद्यालयमा डुवानमा परेका हेटौंडाका वासिन्दालाई उद्धार गरेर राख्ने तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख हरिबहादुर महतले बताउनुभयो ।

बाढीको डुवानमा परेका हेटौंडाका नागरिकलाई खान र बस्नको ब्यावस्था उपमहानगरपालिकाको खर्चमा गरिने नगर प्रमुख महतले जानकारी दिनुभयो । बिशेषगरी हेटौंडाको शान्तिनगर र गर्दोइ क्षेत्रमा बाढीका कारण डुवान परेको हो । यहाँका वासिन्दालाई हेटौंडाबाट ससस्त्र प्रहरी, जनपथ प्रहरी, हेटौंडा नगरप्रहरीले उद्धारको काम गरेको छ ।

उनीहरुका लागि सुरक्षित स्थानमा राख्नका लागि मकवानपुर प्रशासन पनि लागिपरेको छ । बाडीका कारण डुवानमा परेका शान्तिनगरका वासिन्दाका लागि वस्नका लागि सबै ब्यावस्था गरिएको उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले जानकारी दिनुभयो । धेरैलाई राख्नका लागि हुप्राचौरमा रहेको पशुपति मन्त्रीरको सभाहलमा राख्ने तयारी गरिएको उहाँले जानकरी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*