मकवानपुरको थाहानगरमा बाढीले बगाएर मृत्यु, कैलाशमा पहिरोमा परी बेपत्ता

हेटौंडा । मकवानपुरको छुट्टा छुट्टै दई स्थानमा दुई जनालाई बाढी र पहिरोले बगाएको छ । बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना पहिरोले बेपत्ता भएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा महाभिर खोलाले बगाउँदा घाईते भएकी वालिका सञ्चना बलामीको मृत्यु भएको छ ।
दम्किबाट खोलाले बगाएर उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरि अस्पताल पु्याएका थिए । उनको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने सञ्चना बलामी तथा स्थानीय युवा सन्तोष बलामाीलाई दम्किबाट बगाएको थियो ।
मकवानपुरको कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी एक महिला बेपत्ता हुनु भएको छ । स्थानीय तारामाया पाख्रीन पहिरोमा परी हराइरहेको कैलाश गाउँपालिका वडा नं ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो । बर्षा जारी रहेको र खोला तर्न नसकिएको कारण स्थानीयबासिन्दाहरु घटनास्थल पुग्न सकेका छैनन । हराइरहेकी महिला ५ नं वडा सदस्य मानबहादुर पाख्रीनकी आमा हुन ।