भिमफेदीको माथिल्लो दमारमा ५ घरका २६ जना पहिरोको बिचमा

हेटौंडा । मकवानपुरको भीमफेदी गाउंँपालीका वडा नम्बर ५ माथील्लो दमारमा पहिरोको जोखिममा ५ घरका २६ जना परेका छन् । घरवरीपरीबाट पहिरो गएको र बिचमा पाँच घरका २६ जना जोखिम युक्त स्थानमा रहेका छन् ।
उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । स्थानीय सोम बहादुर घलान लगायत अन्य घलान परिवार अन्य परिवारलाई पहिरोले पुर्ने खतरा रहेको प्रहरीले जनाएको छ ।
पानी निरन्तर परिरहेकाले तत्काल उद्धारका लागि पनि समस्या सृजना भएको छ । कोगटे लगायत दमारमा सिमेन्ट उद्योगले बाताबरणिय मापदण्ड बिपरित खानी उत्खनन् गरेका कारण पहिरोको जोखिम बढेको हो । गाउँपालीकाले महिनौ लगाएर निर्माण गरेका नयाँ बाटोका ट्र्याक तथा पुर्बाधार सडकका कारण पनि गाउँमा धेरै पहिरोको जोखिम बढेको छ ।
कोगटे्, ईपा, भीमफेदी दमार, सुपीङ्ग, ज्यामीरे, माण्डौ, धोरसिङ्ग र जुडिखेतमा समेत भारी बर्षातले सडक पहिरोमा परिणत भएको छ । सुपिङ्गमा यातायातको बाटोको त कुरै छाडौ मानिस हिडन नि कठिन भएको स्थानीय सिबराज पुडासैनीले बताउनु भएको छ ।