श्रीमानलाई दाउ प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

जनपत्र
२६ असार २०७६, बिहीबार ०६:४७

सुनसरी-धारिलो हतियार दाउ प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा सुनसरी ईनरुवा नगरपालिका-७  खिरखिरिया मुसहरी टोल बस्ने २४ वर्षीया बिमला ऋषिदेवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख ८ गते राति उनका श्रीमान २४ वर्षीय मुकेश ऋषिदेबको आफ्नै घरमा तत्काल नाम, थर नखुलेका व्यक्तिले दाउ प्रहार गरी कर्तब्य गरी मारेको घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मृतक मुकेशकी श्रीमती बिमलाले नै हत्या गरी भागी फरार भएको भन्ने खुल्न आए पश्चात खटिएको प्रहरीले गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*