हेटौंडाका दुईवटा बिद्यालयको नव निर्मीत भवन उद्घाटन

हेटौंडा । हेटौंडाका दुईवटा बिद्यालयको नव निर्मीत भवनको आज उद्घाटन् गरिएको छ । हेटौंडा ८ मा रहेको चन्द्रोदय माबि र हेटौंडाको हटियामा रहेको बालबोध माबिको नव निर्मित भवनको आज उद्घाटन् गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले दुबै भवनको आज उद्घाटन् गर्नुभयो ।
उपमहानगरपालिकाको पहलमा निर्माण भएका दुबै भवन निर्माण भएसंगै बिद्यार्थीहरुलाई पढ्नका लागि सजिलो हुने भएको छ । बालबोध माबिको भवन २ करोड १० लाख रुपैयाँ लागतमा नमुना भवन निर्माण भएको मेयर महतले बताउनुभयो । त्यस्तै चन्द्रोदय माबिको भवन एक करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको छ । भुकम्पले ढलेका भवन निर्माण भएसगै अब जोखिम युक्त भवनमा बस्नुपर्ने बाध्यता हटेको मेयर महतको भनाई छ । नमुना बिद्यालयको भवन आज बिद्यालय व्यावस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।