प्रदेश ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले खाद्य प्रयोगशाला निर्माण गर्ने भएको छ । खाद्या र औषधिको गुणस्तर मापन गर्न प्रयोगशाला स्थापना गरेर सञ्चालनमा ल्याउन लागेको छ । खाद्य र तरकारीलाई परिक्षण गर्नका लागि प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले खाद्य प्रयोगशाला निर्माण गर्न लागेको हो । बिशेषगरी प्रदेश नम्बर ३ को खाद्यान्न छिर्ने प्रमुख नाकामा प्रयोगशाला राख्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनुभयो । प्रदेश सरकारले अनुगमन गर्ने परिक्षण गर्ने काम गर्ने गरी तयारी थालिएको हो ।
भारतबाट बिषाधिका तरकारी नेपाल भित्रिएको भनेर जनगुनासो आईरहेको समयमा प्रदेश सरकारले खाद्यान्न र तरकारी परिक्षण गर्न प्रयोगशाला निर्माण गर्न लागेको हो । प्रयोगशाला कहाँ स्थापना गर्ने भनेर स्थानको खोजी भइरहेको मन्त्री नेपालले बताउनुभयो । तरकारी तथा फुफूलमा प्रयोग हुने विषादी र यसको परिक्षण सम्बन्धी समाचारले मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश भित्रको व्यापार तथा उपभोक्ता हक हित संरक्षणका विषयहरु सहित बजार अनुगमन, गुणस्तर परक्षिण लगायत अन्य अत्यावस्यक वस्तुको गुणस्तर मापदण्ड निर्धारण तथा अनुगमन र नियमनको लागि प्रदेश स्तरीय संयुक्त बजार निर्देशिका २०७५ निर्माण गरी जारी गरी सकिएको छ । प्रादेशिक व्यापार तथा व्यावसाय सम्बन्धी बिधेयक २०७५ प्रदेश सभामा दर्ता भइ छलफलको क्रममा रहेको मन्त्री नेपालले बताउनुभयो । कार्यक्रममा प्रदेश नीति तथा योजान आयोगका सदस्य श्याम कुमार बस्नेत, मन्त्रालयका सचिब शिव कुमार वाग्ले लगायतकाको उपस्थिती रहेको थियो ।