नयाँ अनुसन्धानः संगीतले क्यान्सरपीडितको दुःख कम गराउँछ

दैनिक ३० मिनेट संगीत सुन्दा क्यान्सर रोगीहरुको दुखाइमा कमी आउने नयाँ अनुसन्धानले पत्ता लगाएको छ । यो नयाँ अनुसन्धान ताइवानमा गरिएको हो । शोधकर्ताका अनुसार जब क्यान्सर रोगी संगीत सुन्छन्, उनीहरुको मस्तिष्कमा एउटा त्यस्तो रसायन निस्कन्छ जसले उनीहरुलाई सकारात्मक र खुसी राख्न सहयोग गर्छ ।
ताइवानको युआन्स जनरल अस्पतालमा भएको शोधअनुसार क्यान्सरको उपचारका क्रममा क्यान्सरपीडितलाई थकान तथा दुःख निकै धेरै हुन्छ । र, यो समयमा दैनिक ३० मिनेट संगीत सुन्दा मस्तिष्कबाट एन्डोर्फिन डोपामाइन तथा सेरोटोनिन जस्ता हर्मोनको उत्पादन हुन्छ । यसले क्यान्सरपीडितलाई सहज बनाउने अनुसन्धानले देखाएको छ । यतिमात्र होइन, शोधकर्ताहरुका अनुसार संगीतमा पनि क्लासिकल संगीत तथा भजनहरु सुन्दा बिरामीलाई धेरै सहज हुन्छ ।
एजेन्सीको सहयोगमा