एमाले सरकार जनताको अपेक्षा हो– एकालाल श्रेष्ठ

जनपत्र
३ कार्तिक २०७९, बिहीबार १८:१४

हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार तथा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताउनुभएको छ ।

आज हेटौंडा १३ मा आयोजित बिस्तारित बैठकमा बोल्दै उम्मेद्बार श्रेष्ठले जनता र कार्यकर्तालाई साथमा लिएर बलियो एमालेको सरकार नै जनताको अपेक्षा रहेको धारणा राख्नुभएको हो ।

एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरीबी र बेरोजगारी समस्या समाधान गर्दै मुलुकको परिवर्तनका लागि दिगो विकास निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो। एमालेप्रति जनताको लहर भन्दै जनताले एमालेको सरकार खोजेकोले एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने बताउनुभयो । एमालेको मुख्य एजेण्डा विकास र समृद्धि रहेको बताउँदै गरिबी र बेरोजगारीको अन्त्य भएको उहाँको धारणा थियो ।गठबन्धनले जनतालाई धोका दिने बाटोमा गएकोले जनतालाई सुसूचित गर्नुपर्ने उम्मेद्बार श्रेष्ठले बताउनुभयो ।

अनेकौं बिकासका आयोजना एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुदा सुरु भएको उहाँले बताउनुभयो । ती सबै काम अहिले रोकिएको बताउँदै गठबन्धन सरकारले त्यो बनाउने इच्छा नराखेको उहाँको भनाई छ । रोकिएका बिकास निर्माण पूरा गर्न एमाले सरकार चाहिने उहाँले बताउनुभयो । १३ नम्बर वडा निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण खतिवडाको सभाध्यता तथा नेकपा एमाले निर्वाचन परिचालन कमिटीका संयोजक अनन्त पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*