मकवानपुरमा स्वतन्त्र उम्मेदवारको चुनावी दौड, घरदैलो अभियानलाई तिब्रता

जनपत्र
३ कार्तिक २०७९, बिहीबार ०८:५४

हेटौंडा । मकवानपुरमा स्वतन्त्र अभियानमा सक्रिय हेटौंडाका तीन जना युवाले उम्मेदवारी दिए लगतै देखि मतदाताको घरदैलोमा पुगेर भोट माग्नमा व्यत छन् । मकवानपुरको क्षेत्र नम्बर–१ र दुइवटा प्रदेशसभामा उम्मेदवारी दिएका उम्मेदवारले चुनावी दौडलाई तिब्रता दिएका छन् ।

हेटौंडा देखि बागमती गाउँपालिकाको राइगाउँ सम्मको यात्रालाई तिब्रता दिएका छन् । लौरो चुनाब चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका तीन जना उम्मेदवार नागरिकको घरदैलोमा पुगेर आफ्नो अभियानलाई तिब्रता दिइरहेका हुन् ।

मकवानपुर क्षेत्र नम्बर–१ मा दिपेन्द्रचन्द ठकुरीले उम्मेदवारी दिएर चुनावी अभियानलाई अहिले तिब्रता दिनु भएको छ । त्यसैगरी क्षेत्र नम्बर– १ को (क) किशोर राना र (ख) बाट किशोर अर्यालले उम्मेदवारी दिएपछी चुनावी अभियानमा निकै व्यस्त रहेका छन् ।

मकवानपुरका गाउँ–गाउँ र टोलटोल सम्म चुनावी प्रचारको अभियानमा तिब्रता दिएको क्षेत्र नम्बर–१ का उमेदवार दिपेन्द्रचन्द ठकुरीले बताउनुभयो । तीनै जनाले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । लौरो चुनाब चिन्ह लिएर स्वतन्त्र अभियानमा काम गर्नेगरी आफुहरु लागिपरेको ठकुरीले बताउनुभयो ।

चुनावी अभियान अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२, ४, ५, ७, ८, ९, १२, १३ र १४ नम्बर वडामा यो अभियान अन्तरगत जनताको घरदैलोमा पुगेको प्रदेशसभाका अर्का उम्मेदवार किशोर अर्यालले बताउनुभयो ।

यसैगरी मकवानपुरको बागमती गाउँपालिकाको ठोटरी खोला, फापरबारी, राइगाउँ, फापरबारी, साततले, झुरझुरे, बकैयाको पाओस, तल्लोभिरकोट, हात्तिखोला, जुरेली, छतिवन, धनसाही लगायतका क्षेत्रमा नागरिकका घरदैलोमा पुगेर चुनावी प्रचार प्रसारको काम गरिएको उनीहरुले बताएका छन् ।

यो अभियान हरेक दिनजसो तिब्रता दिइएको र आगामी दिनहरुमा पनि जनताको घरदैलोमा पुगेर मत माग्ने काम जारी राख्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*