हेटौंडाको बुद्ध चोकमा अपाङ्गता भएको देखेपछि ………

हेटौंडा र शारीरिक अपाङ्गता भएको देखेपछी सार्वजनिक सवारीले समेत सकेसम्म सिट नदिने गरेको एक पीडितले बताएकी छन् ।
हेटौंडाको बुद्ध चोकबाट भैरवरोड जानेक्रममा आफूलाई मयूरी चालकले सिट नदिएको करुणा उपाध्यायले बताईन । दुबै गोडामा समस्या भएकी ह्वील चेयर यूजर करुणालाई ना।१ ह २७६५ नम्बरको हेटौंडामा चल्ने मयूरी चालकले अभद्र ब्यवहार गरेको गुनासो गरिन ।
म संगै उभिएका अन्य सांङ्ग ब्यक्तिलाई देखेर मयूरी चालकले कहाँ पुग्ने भनेर सोधे, हामीले भैरव रोड पुग्ने भन्यौ,बस्न भनेपछी अरु साङ्गहरुले मलाई मयूरिमा चढ्न सहयोग गर्दै थे,मयूरी चालकले म नजानी भन्दै मयूरी अगाडि बढाए ।ू पीडित करुणाले भनिन ूम राम्रोसँग बस्नै भ्याएको थिईन,घिसार्दै लाग्यो ।
पहिले आफूहरूलाई गन्तव्यसम्म लैजान तयार भएको मयूरिले शारीरिक अपाङ्गता अवस्था देखेरै आफू नजाने भनेको उनले बताईन ।
आफूहरूले नलैजानुको कारण सोध्दा मयूरिमा ब्याट्री सकिएको भनेका मयूरी चालकले त्यही स्थानबाट अरु ३ जना साङ्ग यात्रू बोकेर गएको करुणाले बताईन। म संङ ब्याट्री सकिएछ,भन्यो त्यही मलाई छाडेर अरु ३ जनालाई लिएर मयूरी अगाडि बढ्यो उनले भनिन लाग्दो भाडा दिन्छु भन्दापनी शारीरिक अवस्था कै कारण मलाई गन्तव्य पुर्याएन । रुकुम घर भएकी करुणा काम बिशेषले हेटौंडामा आएकी थिईन ।