सत्तारुढ गठबन्धन मकवानपुरले निर्वाचनलाई प्रभावकारी बनाउन कुन्–कुन् बनायो समिति ?

जनपत्र
२ कार्तिक २०७९, बुधबार ०७:१३

हेटौंडा । सत्तारुढ गठबन्धन मकवानपुरको सोमबारको भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी र परिणाममुखि बनाउन विभिन्न समितिहरु निर्माण गरेको छ ।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको संयोजनमा बसेको भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय समिति, अपिल प्रकाशन समिति, अनुगमन समिति, वित्तिय व्यवस्थापन समिति र प्रचार प्रसारका लागी मिडिया डेस्क निर्माण गरेको छ ।

भेलाले नेपाली कांग्रेसका सभापति बुद्ध लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्व समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेसका प्रदिप कोइराला र इन्दिरा न्यौपाने, माओवादी केन्द्रका ओम घलान र लक्ष्मी माझी, नेकपा एकीकृत समाजवादीका राजाराम स्याङतान र मधु अधिकारी तथा जनमोर्चा नेपालका निरबहादुर त्रिसाल सदस्य रहेका छन् ।

भेलाले नेपाली कांग्रेसका जिल्ला सचिव भिमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा कांग्रेसका अर्जुन प्रसाद चौलागाई, माओवादी केन्द्रका भिम पाख्रिन र शंकर बानियाँ, एकीकृत समाजवादीका विष्णु दाहाल र कविन पन्त रहेका छन् ।

यस्तै एकीकृत समाजवादीका ललित वस्नेतको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा समाजवादीका सर्यूचन्द्र न्यौपाने, नेपाली कांग्रेसका रामचन्द्र अर्याल माइकल, विष्णु प्रसाद लामिछाने, आनन्द कठायत र ताराचन्द्र बजगाई, तथा माओवादीका ऋषीराम पोखरेल, रामहरी सुवेदी र भगिरथ नेपाल रहेका छन् ।

यसैगरी भेलाले माओवादी केन्द्रका प्रल्हाद लामिछानेको संयोजकत्वमा कांग्रेसका तारानाथ चौलागाई र माओवादीका गणेश कठायत सदस्य रहने गरि वित्तिय व्यवस्थापन समिति निर्माण गरेको छ । यसैगरी गठबन्धनले आफ्ना उम्मेदवारहरुको गतिविधि र चुनावी कार्यक्रमका समाचार सम्प्रेषग गर्न गठबन्धन दल निटक पत्रकार संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।
जसका लागी गठबन्धनले नेपाल प्रेस युनियनका मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी कुमारको संयोजकत्वमा मिडिया डेस्क स्थापना गर्ने निर्णय गरेको छ । डेक्सका सदस्यहरुमा प्रेस युनियनका रुपेश दुलाल, प्रेस सेन्टरका अञ्जली थापा र ध्रुब ढकाल, समाजवादी पत्रकार संगठनका रामकुमार एलन, शिवकुमार काशी र शिव चौलागाई सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*