मकवानपुरमा बिकासको मुल फुटाउन एमालेको जित आवस्यक छ–एकालाल श्रेष्ठ

जनपत्र
१ कार्तिक २०७९, मंगलवार १४:३०

हेटौंडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले मकवानपुरमा बिकासको मुल फुटाउन एमालेको जित आवस्यक रहेको बताउनु भएको छ ।

हेटौंडा वडा नम्बर–७ र ८ कमिटीको आयोजनामा भएको प्रचार प्रसार कार्यालय उद्घाटन् तथा बिस्तारित बैठकलाई संबोधन गर्दै उहाँले जिल्लामा हरेक क्षेत्रको विकासका काम गर्नका लागि एमालेको जित आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘बिजयी भएपछि पार्टीको घोषणा पत्र अनुसार काम गर्ने, यो पटकको प्रतिस्पर्धा फरक छ ।

अहिले पनि एमालेविरुद्ध मोर्चाबन्दी गरेको छ । यसले केही फरक पर्दैन जनताले निर्णय गर्नेछन् एमालेको जित सुनिस्चित छ ।’ एमाले गरेका बिकाशका काम गठबन्धनले रोक्दै आएको उहाँले आरोप लगाउनुभयो । बिकाशका राम्रो काम रोक्ने देस र जनतालाई पछि पार्ने योजनामा गठबन्धन लागेको बताउनुभयो ।

नेकपा एमाले बहुमतका साथ सरकार स्थापना गरेर अधुरो अपुरो काम गठबन्धनले रोकेका काम पूरा गर्ने एमाले सरकारमा जान आवस्यक रहेको बताउनुभयो । एमालेले सुरु गरेको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्ने अभियानमा जनताको साथ आवस्यक रहेको बताउनुभयो । कार्यक्रम एमालेका बागमती प्रदेश कमिटीका सदस्य तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा वडा नम्बर ८ मा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*