बैशाखीको सहारामा हिड्ने ३ जनालाई खुट्टा, शरिर नचल्ने १० जनालाई ह्वीलचियर बितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका सहारा बिहीनहरुको साहारा बन्दै आएको छ । आँखा नदेख्नेलाई सेतो छडी बितरण, क्रिकेट खेलाएर मन बहलाउने देखिलिएर खुट्टा नभएकालाई खुट्टा बितरण सम्मका काम गर्दै उनीहरुको साहारा बनेको छ । कोही जन्मै देखि त कोही बषौ अघिदेखि अपाङ्गता भएका कारण हिडडुल गर्न नसकेका अपाङ्गता भएकालाई कुनैन कुनै रुपमा सहयोग गर्दै आएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।
सहयोगकै शिलशिलामा आज शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिलाई कृतिम खुट्टा, ह्वील चियर, वाकर र क्यालीफर बितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिलाई आफ्नै कार्यालयमा बोलाएर साहायता समाग्री बितरण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख महत, उपप्रमुख मिना कुमारी लामा, हेटौंडा ७ का वडाअध्यक्ष राजन थापा लगायतकाले साहायता सामाग्री बितरण गर्नुभयो ।
हेटौंडा १२ पदमपोखरीका राजकुमार घलानलाई दुबै खुट्टा, हेटौंडा ३ बसामाडीका इन्द्रबहादुर बस्नेतलाई एउटा कृतिम खुट्टा, हेटौंडा १४ उत्तरपानीका राजकुमार मोक्तानलाई एउटा कृतिम खुट्टा बितरण गरिएको नगर प्रमुख महतले बताउनुभयो । त्यसैगरी फुल खुट्टा एक जनालाई, १० जनालाई ह्वीलचियर, एक जनालाई वाकर र एक जनालाई क्यालीफर बितरण गरिएको सामाजिक बिकाश महासाखाका प्रमुख भिम तिमल्सीनाले बताउनुभयो ।
कार्यक्रम अनुसार उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ बराबरको सहायता समाग्री बितरण गरेको हो । जन्म देखिनै दुबै खुट्टा नहुँदा हिडडुल गर्न नपाएका दुबै कृतिम खुट्टा पाएपछी आज निकै खुसी भएका छन् । अब बैशाखीको सहारामा नभइकन गोडाले टेकेर हिड्ने भएका हुन् । त्यस्तै शारिरिक रुपमा असक्त भएको र कम्बरबाट मुनी चल्ने नसक्ने अवस्थाका दश जनालाई प्रमुख महत र उपप्रमुख लामाले ह्वीलचियर बितरण गरेपछी निकै खुसी भएका छन् ।