मकवानपुरमा यस्तो छ गठबन्धनको भागवण्डा, क–कसले पाउछन् टिकट ?

जनपत्र
२२ आश्विन २०७९, शनिबार ०८:२८

हेटौंडा । मकवानपुरका दुइ वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभामा पनि सत्तारुढ गठवन्धनले टिकटको भागवण्डा लगाएको छ । गठबन्धनको बैठकले मकवानपुरमा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीले प्रतिनिधीसभा र प्रदेशसभाको बाँडफाँड गरेका हुन् ।

गठवन्धनको भागवण्डामा मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–१ मा नेपली कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर–१ को प्रदेशसभा अन्तरगतको (क) मा नेकपा माओबादी केन्द्र र (ख) मा नेपाली कांग्रेसको भागमा परेको छ । त्यसैगरी मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एकिकृत समाजबादीले पाउनेगरी गठवन्धनमा सहमती भएको छ । क्षेत्र नम्बर–२ को प्रदेशतर्फको (क) मा नेकपा माओबादी केन्द्र र (ख) मा नेपाली कांग्रेसले पाउने सहमती भएको हो ।

क्षेत्र नम्बर–१ मा कांग्रेसको भागमा परेकाले महामन्त्री महालक्षमी उपाध्याय (डिना) ले टिकट पाउने निस्चित जस्तै छ । यसैगरी क्षेत्र नम्बर–१ को (क) मा नेकपा माओबादी केन्द्रका तर्फबाट प्रेमबहादुर पुलामी छिन्तुले पाउने संभावना रहेको छ । त्यसैगरी (ख) मा नेपाली कांग्रेसबाट आनन्द पराजुलीले पाउने संभावना रहेको नेताहरु बताउँछन् ।

यसैगरी मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एकिृत समाजबादीका तर्फबाट बिरोध खतिवडाले टिकट पाउने निस्चित भएको छ । क्षेत्र नम्बर–२ को (क) मा नेकपा माओबादी केन्द्रका नेता तथा प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले टिकट पाउने संभावन छ । क्षेत्र नम्बर–२ को (ख) मा भने नेपाली कांग्रेसका तर्फबाट इन्द्र बहादुर बानियाँले टिकट पाउने निस्चित जस्तै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*