प्रदेश ३ सरकारद्वारा पाँच बिद्यालयलाई दिएको नमुना बिज्ञान प्रयोगशाला प्रभाबकारी बन्दै
हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पाँचवटा सामुदायिक बिद्यालयलाई हस्तान्तरण गरिएको नमुना बिज्ञान प्रयोगशाला प्रभाबकारी बनेको छ । बिद्यालयका शिक्षक, बिद्यार्थी र अभिभावकहरुले नमुना बिज्ञान प्रयोगशाला प्रभावकारी बन्दै गएको बताएका छन् ।
चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा संचालनमा रहेको बैरिया माध्यमिक बिद्यालयको प्रयोगशाला प्रदेश सरकारले सहयोग गरेपछी अहिले धेरै सजिलो भएको शिद्यालयका प्रधानध्यापक युवराज शर्मा पौडेलले बताउनुभयो । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रयोगशाला निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँसहयोग गरेको थियो ।
बिद्यालयका सामान पर्याप्त नहुँदा पहिले समस्या भोग्दै आएका बिद्यार्थीहरु पनि अहिले खुसी भएका छन् । अहिले यस बिद्यालयमा २७ जना बिज्ञानका बिद्यार्थी छन् । उनीहरुका लागि पहिले समस्या भएपनि अहिले सहज भएको बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष केशब आचार्यले बताउनुभयो । प्रदेश सरकारको २० लाख सहयोग मध्यमा पाँच लाख रुपैयाँ फर्निचरका सामान र १५ लाख रुपैयाँ बिज्ञान प्रयोगशाला सम्बन्धी प्रबिधिका सामानहरु खरिद गरिएको थियो ।
यस बिद्यालय संगै पाँच बिद्यालयमा नमुना बिज्ञान प्रयोगशालाका लागि प्रदेश सरकारले २० लाख रुपैयाँका दरले एक करोड रुपैया सहयोग गरिएको मन्त्रालयको विज्ञान, वातावरण तथा जलवायु परिवर्तन महाशाखा प्रमुख रघुराम पराजुलीले बताउनुभयो ।
महाशाखा प्रमुख पराजुलीको नेतृत्वमा अनुगमन गरिएको थियो । पाँच बिद्यालयमा नमुना बिज्ञान प्रयोगशाला स्थापना तथा प्रर्बदनका लागि दिइएको सहयोग सम्बन्धमा अनुगमन गरिएको महाशाखाका कम्प्युटर इन्जिनियर राजन पाण्डेले बताउनुभयो ।
अनुगमन टोलिले चितवनको रत्ननगरमा रहेको बैरिया माबि, निरन्जना माबि, रसुवाको गोसाईकुण्ड माबि, सिन्धुपाल्चोकको बुद्धोदय माबि र सिंधुलीको महेन्द्र धारी बिद्यालयको अनुगमन गरिएको पाण्डेले बताउनुभयो ।
महाशाखा प्रमुख सहित मन्त्रालयका बिज्ञान प्रबिधि महासाखाका कर्मचारीहरु, मकवानपुर बहुमुखी क्याम्पसका बिज्ञान बिषयका दुईजना सहायक प्राध्यापक, सम्बन्धीत बिद्यालयका शिक्षक, अभिभावक, बिद्यालय व्यावस्थापन समिति, सम्बन्धीत स्थानीय तह, शिक्षा समन्वय इकाइका प्रमुख तथा प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।
महाँसाखाबाट दुईवटा अनुगमन टोलि खटिएको थियो । दुबै टोलिको अनुगमनमा केही बिद्यालयमा प्रभाबकारी रुपमा प्रयोगशाला संचालन भएको र केहीमा बिज्ञानका सामान प्रयोगमा चुनौती रहेको अनुगमन टोलिको निस्कर्ष रहेको छ ।