दशैँको महानवमीमा हेटौंडाका मन्दिरहरुमा भीड, नवदुर्गा भगवतीको विशेष पूजा

जनपत्र
१८ आश्विन २०७९, मंगलवार ०९:१९

हेटौंडा । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । दशैँको महानवमीमा हेटौंडाका मन्दिरहरुमा निकै भीड लागेको छ । नवदुर्गा भगवतीको विशेष पूजा गरिएको छ ।

बिशेषगरी हहेटौंडा–१ मा रहेको पाथिभरा देवीको मन्दिर, हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर, हेटौंडा–१५ रातोमाटेमा रहेको चुरीयामाई, हेटौंडा– ४ मा रहेको पशुपती मन्दिरलगायत शक्तिपीठमा आश्विन शुक्ल प्रतिपदादेखि नै भक्तजनको घुइँचो छ । त्यति मात्रै होइन भक्तजनले हेटौंडाका विभिन्न स्थानमा दुर्गा भगवानीको मूर्ति राखेर पूजाआराधना समेत गरिरहेका छन् । गत वर्षहरूमा कोरोनाका कारण सबैजसो शक्तिपीठ लगभग बन्द जस्तै थियो । यस वर्ष कोरोना जोखिम कम भएकाले मन्दिरहरूमा भक्तजनको भिड लागेको छ ।

नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*