पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीमाथी आक्रमण गर्नेलाई कार्बाहीको माग

हेटौंडा । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्की (होमकुमार) लाई शनिबार साँझ सादा पोशाकको प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति पत्रकार महासंघ मकवानपुर शाखा घोर भत्र्सना एवम् निन्दा गरेको छ । पत्रकार महासंघ मकवानपुर साखाले आज बिज्ञप्त िजारी गर्दै दोसी माथी कडा कार्बाही गर्नका लागि माग समेत गरिएको छ ।
आम सर्वसाधारणलाई शान्ति सुरक्षा दिनुपर्ने जिम्मा पाएको नेपाल प्रहरीले नै जिम्मेवार पत्रकार माथि ज्यान मार्ने नियतले निर्घात कुटपिट गर्नु निन्दनीय रहेको महासंघ मकवापनुरका सचिब गणेशदर्पण अधिकारीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघले दुःखद घटनाप्रति खेद प्रकट व्यक्त गर्दै घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गगरिएको छ । साथै कार्कीमाथि आक्रमण गर्ने सादा पोशाकका प्रहरीलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।
पछिल्लो समय प्रहरीबाटै पत्रकारमाथि आक्रमण हनु आम पत्रकारका लागि दुःखद् बिषय बनेको बिज्ञप्तीमा उल्लेख छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्य पक्षलाई गम्भिर ध्यानाकर्षण गराउँदै निर्वाध रुपमा पत्रकारिता गर्न पाउने अवस्थाको सृजना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रेश युनियनको पनि बिरोध
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) माथिको आक्रमणको नेपाल प्रेस युनियन मकवानपुर शाखाले घोर भत्सर्ना गरेको छ । युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार र सचिव केशव समर्पणको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तिमा निर्दोष पत्रकारमाथि ज्यान मार्ने नियतले निर्घात कुटपिट गर्नु निन्दनीय भएको उल्लेख छ ।
दुखद घटनाप्रति खेद प्रकट गर्दै पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै कार्कीमाथि आक्रमण गर्ने दुई प्रहरीलाई कडा भन्दा कडा कारबाहीको लागि हामी माग गरिएको छ । ‘ दिनरात नभनी नागरिकलाई सुसुचित गर्न लागिपर्ने पत्रकारलाई निशाना बनाई आक्रमण हुनु लोकतन्त्रमाथिकै प्रहार हो ।’ विज्ञप्तिमा भनिएको छ ‘समाजलाई विकासको बाटोमा डोहो¥याउन नचाहने तथा धमिलो पानीमा माछा मार्न पल्किएका व्यवस्था विरोधी तत्वहरुबाट आम पत्रकारितामाथि आक्रमण भइरहेको छ ।’