हेटौंडा औंद्योगिक क्षेत्रको उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु
हेटौंडा । हेटौंडा औंधोगिक क्षेत्रमा रहेको प्लाष्टिक उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ । कामको शिलशिलामा करेन्ट लागेर चितवनको कालिका नगरपालिका जुटपानी बस्ने ३६ बर्षिय पञ्च कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । काम गर्ने शिलशिलामा करेन्ट लागेर घाइते भएका कुुमालको हेटौंडा अस्पतालमा उपचार गर्न ल्याउने बित्तीकै डाक्टरले मृत घोषणा गरेका थिए ।