माया शेर्पाद्वारा यूरोपको सर्वाधिक अग्लो हिमाल एलब्रुसको सफल आरोहण

जनपत्र
२२ असार २०७६, आईतवार ०६:३६

हिमाल आरोही माया शेर्पाले यूरोपको सर्वाधिक अग्लो हिमाल एलब्रुसको सफल आरोहण गर्नुभएकाे छ । आठ हजार मिटर माथिका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही माया शेर्पाले शनिबार एलब्रुस हिमालको सफल आरोहण गर्नुभएकाे हाे । रसियाको पश्चिमी ककेसस पर्वत श्रृंखलामा रहेको ५ हजार ६ सय ४२ मिटर अग्लो एलब्रुस हिमाल रसिया र जर्जियाली सीमा नजिकै पर्दछ ।

आरोही शेर्पाले विश्वका अग्ला चौध वटा हिमाल आरोहण गर्ने अभियानका क्रममा नेपालको प्रतिनिधित्व गर्दै रसियामा रहेको एलब्रुस हिमाल आरोहणमा नेपालको राष्ट्रिय झण्डा र योहो टेलिभिजनको झण्डा एल ब्रुसको चुचुरोमा फहराउनुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*