दुबईमा कार्यरत एक नेपालीले जिते ३५ करोडको चिठ्ठा

जनपत्र
६ आश्विन २०७९, बिहीबार ०८:२१

युएईको दुबईमा कार्यरत एक नेपालीले ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत विश्वकर्माले एक करोड युएई दिराम मूल्यको चिठ्ठा जितेका हुन् ।

गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक हुन्। मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले टिकट लिएका थिए । यो पैसाले आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्ती गर्न खर्चिने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*