मकवानपुरका शिक्षकहरु साझा समस्यामा एक भएर लाग्ने अठोट

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १६ औं जिल्ला परिषद् आज हेटौंडामा भएको छ । शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यतामा आज हेटौंडाको बनस्खण्डि मन्दिर परिसरमा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न परिषद् मा केन्द्रीय सदस्य पद्मा पौडेलको आतिथ्यता रहेको थियो । परिषद्ले शिक्षकका साझा पेशागत मुद्दामाथि केन्द्रित रहदै संगठन अघि बढिरहेको जानकारी गराउँदै हालसम्म भएगरेका गतिबिधिबारे प्रष्ट पारेको प्रचार बिभाग प्रमुख सुनिल गौतमले बताउनुभयो ।
शिक्षकका साझा समस्याहरुमा सबै एक भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । परिषद्लाई संवोधन गर्दै प्रमुख अतिथि थापाले, अस्थायी शिक्षकका मुद्दा, राहत पिसिएफ, ईसिईडि शिक्षक तथा विद्यालय कर्मचारी र स्थायी शिक्षकका बारेमा भएगरेका नीतिगत ब्यवस्थाबारे प्रष्ट्याउनुभएको थियो ।
पछिल्लो समय ईसिईडि शिक्षक र विद्यालय कर्मचारीले पनि अन्य शिक्षक सरह पोषाक भत्ता पाउने सरकारको निर्णय शिक्षक आन्दोलनकै उपज रहेको बताउनुभयो । अब छिट्टै उनिहरुको तलब पनि श्रम ऐन अनुसारको न्यूनतम पारश्रमिक सरह बनाईने बताउनुभयो ।
राहत शिक्षकका सन्दर्भमा बोल्दै थापाले राहत शिक्षकलाई पनि अस्थायी शिक्षक ब्यवस्थापन गरिए सरह दरवन्दिमा रुपान्तरण गरि नियुक्ति अवधिलाई आधार मानेर निश्चित प्रतिशतमा शिक्षकलाई स्थायी बनाउन ऐन संशोधन गर्ने तयारी गरिएको बताउनुभयो ।
जिल्ला सचिव पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उपाध्यक्ष लक्ष्मी गजुरेलले स्वागत गर्नुभएको थियो । परिषद्का अवसरमा पछिल्लो समय स्थायी हुन सफल जिल्लाका सम्पूर्ण शिक्षकलाई बधाई तथा सेवा निबृत्त शिक्षकलाई सम्मान समेत गरिएको प्रचार विभाग प्रमुख गोैतमले बताउनुभयो ।
कार्यक्रममा शिक्षक संगठन ३ नं प्रदेस सदस्य मोहन शर्मा, राष्ट्रिय परिषद सदस्य रमेश लामिछाने, यूएण्टो जिल्ला अध्यक्ष गोकुल लम्साल जिल्ला उपाध्यक्ष किशोर बर्तौला, कोषाध्यक्ष जयप्रसाद पोखरेल, लगायतकाको उपस्थिति रहेको थियो ।