म्याड्रिड डर्बीमा रियल विजयी

जनपत्र
३ आश्विन २०७९, सोमबार ०७:१५

स्पेनिस ला लिगा अन्तर्गत म्याड्रिड डर्बी रियलले जितेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा रोड्रीगो र फेडेरिको भालभेरडेले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि एक गोल मारिओ हेर्मोसोले गरेका थिए ।

यस खेलमा खेलको ९१औ मिनेटमा मारिओ हेर्मोसोले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो ।

यो रियल म्याड्रिडको यस सिनमा लगातार छैटौ जित हो । यो जितपछि रियल म्याड्रिडको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।

त्यस्तै एटलेटिको म्याड्रिडको भने यस सिजनमा यो दोस्रो हार हो । ६ खेलमा ३ जित, एक बराबरी र २ हर बेहोरेको एटलेटिकोको १० अंक छ र लिगमा सातौ स्थानमा झरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*