प्रदेश ३ का मन्त्री लामालाई पत्नी शोक

जनपत्र
२१ असार २०७६, शनिबार ०७:०१

हेटौंडा । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको परेको छ । मन्त्री लामाकी धर्मपत्नी कान्छिमाया लामाको अल्प आयुमै आज विहान मृत्यु भएको हो । कान्छिमायाँको मृत्युले परिवारमा स्तब्ध बनाएको छ ।

यो शोकको घडीमा धेरैले आज बिहानैबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै मन्त्री लगाएत सम्पूर्ण शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन् । यो अवस्थामा प्रदेश नम्बर ३ सरकारका सामाजिक बिकाश मन्त्री युवराज दुलालले सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गर्नुभएको छ । उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ–‘भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको जीवन संगिनी कान्छी माया लामाको ५८ बर्षको अल्पायुमा भएको निधनको खबरले दुखित तुल्याएको छ । मृतकप्रति हार्दिक श्रद्धान्जली! शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*