विज्ञान शिक्षक समाजको भीमफेदी पालिकास्तरीय भेला

जनपत्र
१ आश्विन २०७९, शनिबार ०८:५८

हेटौंडा । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको भीमफेदी गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । भाद्र ३१ गते शुक्रबार महेन्द्र मावि भैँसेको भवनमा भेला गरिएको हो । भेला आयोजक समितिका संयोजक राजेश कुमार गुप्ताको सभाध्यक्षता र विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले पालिकास्तरीय कार्यसमिति समेत चयन गरेको छ ।

विज्ञान शिक्षक मान बहादुर घलानले स्वागत मन्तव्य राख्नुभएको उक्त भेलाले कृष्ण माविका विज्ञान शिक्षक राजेश कुमार गुप्ताको अध्यक्षतामा सर्वसहमत रुपमा कार्यसमिति चयन गरेको हो । उक्त समितिमा उपाध्यक्ष मान बहादुर घलान, सचिव सविन दहाल, सहसचिव राजु थापा, कोषाध्यक्ष संजय गुप्ता, सहकोषाध्यक्ष अस्मिता अधिकारी, सदस्यमा रोशन कुमार शाह रहेका छन् ।

शिक्षक सविन दहालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि खेमराज लामिछाने र अग्रज शिक्षक सुरेश गुप्ताले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*