हेटौँडा र मनहरीमा रोटरीको विभिन्न कार्यक्रम, ह्वीलचेयर र शैक्षिक सामग्री सहयोग
हेटौंडा । रोटरी क्लब अफ हेटौँडाले शुक्रबार मकवानपुरको हेटौँडा र मनहरीमा विभिन्न सामाजिक कामहरुको थालनी गरेको छ । क्लबले बिहान हेटौँडा स्थित क्लब सचिवालय भवनबाट असक्त व्यक्तिहरुका लागि ह्वील चेयर वितरणको कार्यको शुभारम्भ गरेको छ । नेपालका सुप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतबाट क्लबले ह्वील चेयर वितरणको शुभारम्भ गरेको हो । क्लबले हेटौँडा ५ का विशाल थापा मगरलाई ह्वील चेयर वितरण गरी नगरका विभिन्न १० शारीरिक रुपमा असक्त व्यक्तिहरुका लागि ह्वीलचेयर उपलब्ध गराउने भएको हो ।
त्यस्तै क्लबले मकवानपुरको मनहरी स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका कक्षा १ र २ का विद्यार्थीहरुलाई १०० थान स्कुल ब्यागको वितरण गरेको छ । साथै क्लबले उच्च शिक्षा अध्ययनका लागि उक्त विद्यालयका कक्षा ११ र १२ का ८ जना विद्यार्थीहरुलाई बार्षिक रुपमा क्षात्रबृत्ति वितरण गर्ने गरी बार्षिक क्षात्रबृत्तिको कार्यक्रम घोषणा गरेको छ । आज उक्त विद्यालयमा भएको हस्ताक्षर समारोहमा रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष सुयशराज पराजुली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानिँयाले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
समझदारी अनुरुप रोटरी क्लबले प्रत्येक वर्ष ८ जना विद्यार्थीहरुलाई क्षत्रबृत्ति वितरण गर्ने र निजहरुले मकवानपुर जिल्लामा थप अध्ययन गर्न चाहे स्नातकोत्तरसम्म नै निशुल्क शिक्षाको अवसर दिने क्लबका पूर्व अध्यक्ष धिरज कार्कीले जानकारी दिनु भयो ।
त्यस्तै आज ९शुक्रबार०नै क्लबले रोटरी डिस्ट्रिक ३२९२, खेलकुद समितिका राष्ट्रिय अध्यक्ष धिरज कार्कीमार्फत रोटरी विद्यालय र बालजागृती आधारभूत विद्यालयमा १६ थान फुटबल समेत वितरण गरेको छ । आजै राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा रोट्याक्ट क्लब अफ हेटौँडाद्वारा स्वच्छता अभियानमा सहयोग स्वरुप हातधुने संयन्त्र र सावुनहरु समेत उपलब्ध गराएको क्लबका अध्यक्ष मिलन ढकालले जनाए ।