जापानका लागि उडेको निगमको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाण्डौ फर्कियो

जनपत्र
२९ भाद्र २०७९, बुधबार ११:२९

काठमाण्डाै – जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाण्डौ फर्किएको छ ।

१ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाण्डौ फर्केको र प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*