जुलाईमा मलेसियाको थोक तथा खुद्रा व्यापार बिक्री मूल्यमा ४१ प्रतिशत बृद्धि

जनपत्र
२८ भाद्र २०७९, मंगलवार ०७:३५

मलेसियाको थोक तथा खुद्रा व्यापार बिक्री मूल्य ४१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको जुलाईको तुलनामा थोक तथा खुद्रा व्यापार बिक्री मूल्यमा ४१ प्रतिशतले वृद्धि भई २९.०२ अर्ब अमेरिकी डलर पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

imagesसवारी साधनको थोक तथा खुद्रा मूल्यमा क्रमशः ३७.५ प्रतिशत र २०.६ प्रतिशतले बढेकोले थोक व्यापारमा सकारात्मक वृद्धि भएको तथ्याङ्क विभाग मलेसिया (डीओएसएम)ले जनाएको छ ।

आयतन सूचीका आधारमा थोक तथा खुद्रा व्यापार ३३.७ प्रतिशतले वृद्धि भई १४२.५ बिन्दुमा पुगेको छ । सवारी साधन ६८१.६ प्रतिशत, समग्र खुद्रा व्यापार ३१.६ प्रतिशत र समग्र थोक व्यापार १०.८ प्रतिशतको वृद्धिले यो वृद्धिलाई समर्थन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*