अहिलेका डाक्टरहरू अप्रेशन गर्न ठिक्क पारिएका बिरामीसँग पैसा बार्गेनिङ गर्छन् : शशांक काेइराला

जनपत्र
२३ भाद्र २०७९, बिहीबार १८:११

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिले  धेरै डाक्टरहरूमा चरित्र नभएकाे टिप्पणी गर्नुभएकाे छ । बिहीवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

आफूले धेरै डाक्टरलाई अध्यापन गराएको उल्लेख गर्दै नेता काेइरालाले अहिले धेरैजसाे डाक्टर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका रहेका भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु नै डाक्टरी पेसा भएकोले फलको आश नगरि सेवा गरेर अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जीवन भनेको प्रयत्न हो, फलको चिन्ता गर्नु हुँदैन, प्रयत्न गरिराख्ने हो । मैले धेरै डाक्टरलाई पढाएँ । १६ वर्ष कटिसकेको डाक्टरको चरित्रमा परिवर्तन गर्न नसकिने रहेछ । राम्रो डाक्टर बनाएँ । तर
उनीहरू के गर्छन् भने– बिरामीलाई टेलबमा राखेपछि भन्छन्, तिम्रो पेट म चिर्छु तर तिमीले ६० हजार रुपैयाँ मलाई दिनुपर्छ भन्छन् । त्यस्तो डाक्टर बनाएँ, डाक्टर राम्रा तर चरित्र नभएका ।’

कार्यक्रममा वीपी साहित्य सम्मान एवम् वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*