देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैन : मन्त्री कार्की

जनपत्र
२१ भाद्र २०७९, मंगलवार १२:१९

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताउनुभएको छ ।

मङ्गलवार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री कार्कीले चुनाव निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै चुनावमा अहिलेको गठबन्धन कायम रहनेमा शङ्का नरहेको बताउनु भयो । उहाँले यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडोभन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताउनु भयो ।

मन्त्री कार्कीले भन्नुभयो, ‘चुनाव निर्धारित समयमा सम्पन्न हुन्छ । यो चुनावमा अहिलेको जुन गठबन्धन छ, यो गठबन्धन कायम रहन्छ । यो गठबन्धनले देशलाई राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउँछ । यो गठबन्धनले देशको राजनीतिलाई सही ट्रयाकमा ल्याउन गठबन्धनको निर्माण भएको हो । यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो भाषणमा, टेलिभिजनमा, दस्ताबेजमा होइन, व्यवहारमा अनुभूत हुने गरेर अघि बढाउने दृढ सङ्कल्पका साथ अघि बढ्छ । सिट तीन आधारमा बाँडफाँट हुन्छ, न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुनेछ ।’

मन्त्री कार्कीले गठबन्धनभित्र आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*