नेकपा एमाले मकवानपुरको बैठकः प्रदेश र प्रतिनिधीसभा तर्फका उम्मेदवार सिफारिस

जनपत्र
२० भाद्र २०७९, सोमबार २०:५२

हेटौंडा । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बैठक आज सम्पन्न भएको छ । बैठकले मकवानपुरका दुइ वटा निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभा र चार वटा क्षेत्र रहेको प्रदेशसभामा प्रतक्ष चुनाबका लागि र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरिएको हो ।

प्रतिनिधीसभा र प्रदेशसभाका निर्वाचन क्षेत्रबाट सिफारिस भएका उम्मेदवारहरु जिल्लाले फेरी एमालेको बागमती प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । बैठकले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको तयारी, मकवानपुरका ६ वटै निर्वाचन क्षेत्रबाट पार्टीको उम्मेदवार सिफारिस र पार्टी संगठन सुदृढीकरणका बाकी काम सप्पन्न गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले चुनाबलाई लक्षित गरेर जिल्लाका सबै स्थानीय तहलाई सर्कुलर गरेर वडा तह सम्म प्रचार प्रसारका लागि कार्यालय खोल्नका लागि निर्देशन गर्ने समेत निर्णय गरेको एमाले मकवानपुरका सचिब नविन सिग्देलले बताउनुभयो । चुनाबको तयारीमा सबै नेता तथा कार्यकर्ताहरु मिलेर एमालेले अभियाननै सुरु गरेको छ ।

मकवानपुरका दुइ वटा प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको बैठकले आठ जनाको नाम सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभा चुनाबका लागि प्रतिनिधीसभा तर्फमा  एमाले दुइ वटै क्षेत्रिय कमिटीले आठ जनाको नाम सिफारिस गरेको हो ।

एमालेको क्षेत्र नम्बर–१ कमिटीले प्रतिनिधीसभा चुनाबका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।  हेटौंडामा सम्पन्न बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, अर्का केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा अधिवक्ता मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

यसैगरी मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–२ मा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिब तथा प्रचार बिभागका प्रमुख महेश कुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरिएको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नंम्बर क्षेत्रको प्रदेशसभा ‘क’ बाट  राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चा‌ैलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने, सीता बिष्ट प्रदेशसभा ‘ख’ बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठकको नाम सिफारिस गरेको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा ‘क’ बाट बलराम बल, विष्णु ढकाल र चमेलीमायाँ वाइवा र प्रदेशसभा ’ख’ बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्को नाम सिफारिस गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*