मकवानपुर–१ को ‘क’ मा कांग्रेसबाट को–को परे उम्मेदवारमा सिफारिस ?
हेटौंडा । कांग्रेस मकवानपुर–१ (क) प्रदेश कार्यसमितिले प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ ।
समितिको बैठकले (क) का लागि कांग्रेस मकवानपुर १ का संघीय सभापति दामोदर खनाल, भूमिनन्द गौतम र मिठाराम दाहालको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
सभापति खनाल बकैया गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।
यसैगरी, बैठकले (क) बाट समानुपातिक तर्फको लागि रामशरण माझी, शुसान्त श्रेष्ठ, शेरबहादुर भोलन, भक्तबहादुर राई, ताराचन्द्र बजगाई, तुलसीराम लामिछाने, रामबाबु बानियाँ, मोहन प्रसाद ढकाल, तेजप्रसाद घिमिरे, अनिल बिक, शेरबहादुर घलान मान बहादुर,उर्मिला पुलामी, भानुमाया ठाडा र सुनिता राई को नाम सिफारिस गर्ने निर्णय गरेको छ ।