विद्यालय भवनको जग खन्ने क्रममा भेटियो ‘द्वन्द्वकालमा गाडेको’ बम

जनपत्र
१८ असार २०७६, बुधबार १५:३१

म्लाको एक विद्यालयमा बम फेला परेको छ। खार्पुनाथ गाउँपालिका ५ ताक्ला गाउँको बागेश्वरी आधारभूत विद्यालयमा भेटिएको बम डिस्पोजका लागि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए।

‘विद्यालय भवन निर्माणका लागि जग खन्ने क्रममा बुधबार दुइटा बम फेला पर्‍यो,’ प्रजिअ ढकालले सेतोपाटीसँग भने, ‘नयाँ बम फेला परेको होइन। द्वन्द्वकालमा गाडेको जस्तो देखिन्छ।’ माओवादी शान्ति प्रक्रियामा आएको १४ वर्षपछि विद्यालयमा दुइटा सकेट बम फेला परेको हो। उक्त बम द्वन्द्वकालमा तत्कालीन राज्य पक्ष वा माओवादी कसले राखेको भन्ने खुलेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*