मंसिरको चुनावमा म उठ्दिन, नाती पुस्ता नेतृत्व हाक्न तयार भइसके–पूर्व मुख्यमन्त्री पौडेल

जनपत्र
१० भाद्र २०७९, शुक्रबार १७:००

हेटौंडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आगामी मंसिर–४ गते हुने चुनाबमा आफुले उम्मेदवारी नदिने बताउनु भएको छ । आज आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उहाँले चुनाबबाट नाती पुस्ताले समेत मुलुकको नेतृत्व हाक्ने भइसकेकाले अब आफु चुनाब नलड्ने बताउनुभयो । उहाँले भन्नुभयो–दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्वहाँक्न तयार र सक्षम भएर बसेकाछन् । अबको मेरो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरुलाई विजयी गराउने हुनेछ ।’

अहिले देशले साच्चै नै परिवर्तन खोजेको बताउँदै उहाँले भन्नुभयो–‘परिवर्तनकालागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरुलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’

सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमा आगामी निर्वाचनका सम्भावित उमेदवारहरुका बारेमा चर्चा परिचर्चा पनि शुरु भइसकेको समेमा त्यसमा आफ्नो पनि नाम जोडेर पनि केहि चर्चा हुने गरेकोले आफु चुनाब नलड्ने स्पष्ट पार्नुभयो । राजनीति लहड, रहर र दवावमात्रैले पक्कै नचल्ने बताउनुभयो । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँअनुहार खोजेको यथार्थलाई हामीले अनदेखावा नजर अन्दाज गर्न नमिल्दैमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो –‘आगामीनिर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवाविद्यार्थी तथा पत्रकारहरु प्रतिहार्दिक कृतज्ञता व्यक्तगर्दै आगामीनिर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु । यो पटक जनचाहँनाअनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*