पूर्व मन्त्री साहलाई दाेस्राे पटक जन्मकैदकाे फैसला

जनपत्र
१८ असार २०७६, बुधबार ०६:३९

पूर्व राज्यमन्त्री संजय साह (टक्ला) लाई धनुषा जिल्ला अदालतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्याकाण्डमा समेत दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जनकपुरको बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका साहलाई संचार उद्यमी हत्याकाण्डमा समेत मुख्य योजनाकार ठहर गर्दै जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।

रेडियाे जनकपुर तथा जनकपुर टुडे पत्रिकाका सञ्चालक सिंहानियाको २०६६ साल फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिव चोकमा गोली हानेर हत्या गरिएको थियो ।

मंगलबार धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले संचार उद्यमी हत्याकाण्डमा योजनाकारको रुपमा पूर्व मन्त्री साह र साहको निर्देशनमा गोली हानेर सिंहानियाको हत्या गरेको बयान दिएका मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*