बिहारमा गठबन्धन फेरबदलपछि अर्काे घमासान

जनपत्र
८ भाद्र २०७९, बुधबार ०७:०५

भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमारले भारतीय जनता पार्टी ९भाजपा० गठबन्धन त्यागेर हालै जेडीयू–आरजेडी गठबन्धन बनाएका छन् । गठबन्धन फेरे पनि मुख्यमन्त्री उनी नै बनेका छन् ।

गठबन्धन फेरिएपछि अब विधानसभा सभामुख फेर्ने कसरत शुरू भएको छ । गठबन्धनले भाजपा नेता तथा सभामुख विजयकुमार सिन्हालाई राजीनामा दिन सुझाव दिएको थियो तर सभामुख सिन्हाले सरकारको कुरा सुनेनन् ।

गठबन्धनले सभामुख सिन्हाविरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याएको छ भने बुधवार विधान सभामा मुख्यमन्त्री नीतीशले विश्वासको मत लिने कार्यसूची छ ।

अविश्वासको प्रस्ताव दर्ता भए पनि सरकारले विश्वासको मत लिने प्रस्तावलाई भने सभामुख सिन्हाले नै निर्णयार्थ पेश गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्हाले आफू विरुद्धको अविश्वासको प्रस्ताव अवैध भएको दाबी गरेका छन् ।

उपसभामुख महेश्वर हजारीले भने सभामुख सिन्हाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मत राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*