मकवानपुर गढीमा पृथ्वी नारायण शाह हिँडेको बाटो, एकिकरण गढी दरबारबाट (फोटो फिचर)

मकवानपुर गढी । नेपाल एकिकरणको क्रममा मकवानपुरमा पृथ्बी नारायण साह धेरै पटक आउनुभयो । गढीमा आक्रमण गर्दा होस या मकवानपुर ससुराली आउँदा । पृथ्वी नारायण शाहले गढीको खुडेधारको बाटो धेरैपटक पैदल हिड्नुभएको यस क्षेत्रका बुढापाकाहरु बताउँछन् ।
उहाँले हिड्नको लागि प्रयोग गरिने खुडेधार डाडाँ मकवानपुरगढी गाउँपालिकामा ८ मा पर्दछ । हेर्दा खुँडाको धार जस्ते देखिने खुँडेधार डाँडा अहिलेपनि मकवानपुरगढी ८ का बासिन्दले हिँड्न प्रयोग गर्दछन ।
डाँडाको दुबैतिर अग्लो भिर बिचको सानो धारमा ढुङुगा राखेर बनाएको बाटो साधुरो र जोखिमपूर्ण पनि छ । तर पनि बुढीचौर बासी बर्षाको बेलामा त्यही भिरको बाटो हिँडुन बाध्य छन । हेर्नुस दिपक सिंह रुम्बाले खिच्नु भएको तिनै खुँडेधारको दृश्यहरु ।