हेटौंडामा बारम्बार किन हुन्छ मोटरसाइकल चोरी ? चोरी गर्ने गिरोहनै सक्रिय

जनपत्र
७ भाद्र २०७९, मंगलवार १२:४८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्र अझै बजार आसपासका क्षेत्रमा मोटरसाइकल चोरी गर्ने क्रम निकै बढेको छ । मोटरसाइकल चोरी गर्ने गिरोहनै सक्रिय भएर लागेको छ । मोटरसाइकल चोरी गरेर बिक्री गर्ने र ग्रामिण सडकमा सञ्चालन गरिने गरेको छ ।

बिशेषगरी पल्सर लगायतका महगो मुल्यका मोटरसाइकल चोरी हुने गरेको छ । चोरीका धेरै मोटरसाइकल मकवानपुरका ग्रामिण क्षेत्रका सडकमा पनि सञ्चालन हुने गरेको छ । मोटरसाइकल चोरी गर्ने केहीलाई प्रहरीले पक्राउ गरेपनि धेरै भने गुपचुपनै छन् ।

चोरीका मोटरसाइकल सहित हेटौंडाबाट दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चोरीका मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहागरपालिका–१५ बस्ने २० वर्षीय मनोज पुलामी मगर र हेटौंडा उपमहागरपालिका–५ शान्तीनगर बस्ने २२ वर्षीय सुरज ठकुरी रहेका छन् ।

उनीहरुले चोरी गरेका ना ३९ प २२९९ र बा ३३ प ६११४ नम्बरको मोटरसाइलक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

यही शुक्रबार राती हेटौडा उपमहानगरपालिका–५ स्थित शान्तिनगरबाट ना ३९ प २२९९ नम्बरको मोटरसाईकल चोरी भएको उजुरी प्रहरीमा आएको थियो ।

सोही उजुरीको आधारमा प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आइतबार हेटौंडा–१५ बस्ने मनोजको घरभित्रबाट उक्त चोरी भएको ना ३९ प २२९९ र बा ३३ प ६११४ नम्बरको मोटरसाइलक फेला परेको प्रवक्ता कार्कीले बताए ।

उक्त मोटरसाइकलकको बारेमा सोधपुछ गर्दा मनोजले म र मेरो मिलेर मोटरसाइकल चोरी गरेर ल्याएको बताएपछि सुरजलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको कार्कीले बताए ।

उक्त चोरीको दुबै मोटरसाइकलसहित मनोज र सुरजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*